Search This Blog

पानीको हाहाकारमा चेपाङ्ग समुदाय


सुजन श्रेष
धदिङ्ग मंसिर १२
धादिङ्ग जिल्लाको दक्षिणी भेगमा पर्ने महादेवस्थान गाविस-३ ब्रुसबाङका स्थानिय चेपाङ्ग समुदायले वर्षौदेखि पानीको हाहाकार भोगिरहेका छन् । उनीहरुले एक गाग्रो पानीको लागि तिन घण्टाको बाटो हिड्नु परिरहेको छ।
विकासका अवासरबाट टाढारहेको ब्रुसबाङ गाँउमा २४ घर परिवार चेपाङ्ग समुदायको मात्र बसोबास रहेको छ । उक्त चेपाङ्ग गाँउ नजिकै खानेपानीको स्रोत नभएका कारण उनीहरुले यस्ताृ समस्या भाग्नु परेको हाृ । आफुहरु भाले डाँका संगै झिसमिसेमा पानी लिन निस्के पनि पानी लिएर घर आइपुग्दा बिहान बितिसक्ने गरेको स्थानियवासी सानुमाया चेपाङ्गले बताइन । पानीको समस्या ले गर्दा उनिहिरुको दैनिक कार्यतालिका पनि अस्तव्यस्त हुनेगरेको छ । स्थानिय बिद्यर्थी जीवन चेपाङ्ग ले पानीको समस्याले गर्दा कहिले विद्यालय समय मै नपुगिने त कहिले खाना बनाउने पानि को अभावऌ गर्दा खाना नै नखाई बिद्यालय जानुपर्ने स्थिती रहेको बताए । पानीको अभाव का कारण गाईबसतुलाई पनि दिन बिराएर पानी खुवाउने गरेको छ । गाँउमा मानिसलाई खान समेत पानीको अभाव भएकाृ कारण गाईवस्तुलाई एक दिन बिराएर पानी खुवाउनु परेको स्थानीयवासी उद्धव चेपाङ्गले बताए ।
ब्रुसबाङ गाँउको भौगोलिक बनावट को कारणलेगर्दा पनि स्थानिय चेपाङ्ग समुदायले विभिन्न समस्याको सामाना गर्नु परेको छ । भिरालो पखेरीमा गरिएको खेतीबाट राम्रो उब्जनी नहुन हुँदा खाद्यान्नको संकट समेत बेहोरीरहेका यस चेपाङ्ग गाँउमा खानेपानीको समस्या समेत भेाग्नुपर्दा उनीहरुलाई धेरै कष्ट भएको स्थानिय चेपाङ्गह बातउँछन ।

उपत्यकामा ठेलागाडा ममको व्यापार पस्टाउदो

सुजन श्रेष्ठ
धदिङ्ग भदौ १०:
विश्व जनतको अर्थतन्त्रलाई अर्थिक मन्दीले असर पारीरहेको अवस्थामा काठमाण्डौ उपत्यका मा ठेलागाडा मार्फत मम ससेज आदीको व्यापार गर्ने व्यपारीको भने व्यवसाय फस्टाउदो छ ।
आनकल उपत्यका को सडकपेटी जहीतही देख्न सकिने यस्ता व्इवसाय लेउपभोत्ताहरुको मन जितीरहेका छन्। यस व्यवसायले गर्दा धेरैलाई राजगारी को अवस्था पनि सिर्जना गरिदिएको छ र वानेश्वर कात्ययनी चोकमा यही व्यवसाय संचालन गरिहेका नविनकाजी राई भन्नुहुन्छ दिनभरी यत्तिकै घुमिरहनु पथ्र्यो अहिले यो काम गर्न थाले पछि टाइमपास पनि भएको छ अलि अलि आम्दानी पनि भएको छ । वहाँ ले यो व्यवसाय संचालनको लागि २ जना कामदार रखेको बताउनु भयो । ठेलागाडा को मम ससेज मिठो पनि हुने र सस्तो पनि हुने भएकोले प्राय इस्तै मम ससेज खाने गरेको तिनकुनेका राजिव चौधरी ले बताउनु भयो ।
सिक्काको दुई पाटा भने जस्तै कुनै पनि कुराको सकरात्मक र नकरात्मक विशेषता हुन्छ । यो ठेलागाडा व्यवसायले सकारात्मक मात्र हैन नकारात्मक असर पनि पारेको छ । जताततै सडक पेटीमा ठेलागाडा राख्नले पैदल यात्रुहरुलाई असुविधा भएको छ । मम ससेज खाई पेपर प्लेट टपरी आदी जताभावी फाल्नाले वातावरणलाई समेत प्रदुषित पारेकोछ । धुवा धुलो प्रदुषण जस्ता कुराले खानेकुरालाई प्रत्यक्ष प्रभाव पार्ने हुँदा उपभात्ताको स्वास्थ्यलाई पक्कै पनि यस्ता खानेकुराले असर पारीरहेको हुन्छ ।

सल्यानटारमा हात्ति पाईले रोगको बिरामी बढ्दो

सुजन श्रेष्ठ
धदिङ्ग असोज १५

धादिङ्ग जिल्लाको उत्तरी भेगम पर्ने सल्यानटानर गा।वि।स।मा हात्तिपाईले रोगको बिरामी बर्षै पिच्छे मढ्ने गरेको पाइएको छ । गा।वि।स।मा रहेको प्राय कुमाल समुदायमा यो रोग लाग्ने गरेको छ ।
नेपालमा हात्तिपाइले रोग उन्मुलनको स्थितिमा रहे पनि सल्यानटारका कुमाल समुदयामा भने यो रोग ज्युकात्यु अवस्थामा छ । सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुद डा। दिपेन्द्र पुरुष ढकाल का अनुसार २०६५ समलमा ८४ जनामा सङक्रमित रहेको यो रोगव २०६६ साल कार्तिक महिना सम्ममा ९८ जना यो रोग बाट प्रभावित भएका छन् । गा।वि।सा। मा हात्तिपाईले रोगसम्बन्धि जनचेतना महिनै पिच्छे हुने गरेतापनि यो रोग घट्दो अवस्थामा भने छैन । हात्तिपाईले रोगबाट प्रभावित हुनुमा उनीहरुको आर्थिक अवस्था पनि एक प्रमुख समस्या रहेको गा।वि।स। को भुतपुर्व वडा अध्यक्ष लक्ष्मी प्रसाद इटनीले बताउनुभयो ।
लामुखुट्टेको कारणले गर्दा हात्तिपाईले रोग लाग्ने गर्छ घर वरिपरी फोहोर गर्नु फोहोर पानीजमेको खाल्टाखुल्टीहरु अत्याधिक मात्रामा पाइनु र सत्दा झुल नगर्नु नै येा रोगबाट सङक्रमित हुने प्रमुख कारण हो । कुमाले समुदायका मानिसहरुले यस्ता कुराहरुमा हेल्चेकर् याई गरेमा फेरी पनि सङक्रमित संख्या बढ्ने कुराम कसैको दुई मत नहोला ।

धादिङ्गमा घरेलु काठे बन्दुक छ्यापछ्याप्ती

सुजन श्रेष्ठ
धादिङ्ग असोज १९:
माओवादीले शुरु गरेको जनयद्ध को बेला हराइसकेको धघरेलु काठे बन्दुक जनयुद्ध को विधिवत अन्त्य संगै अहिले धादिङ्ग जिल्लामा छ्यापछ्याप्ती पाउन थालेको छ ।
जनयुद्ध सुवात तका गाँउमा भएको काठे बन्दुक माओवादी युद्धको लागी गलेको र लुकाएर बाँकी रहेका बन्दुकहरु पनि सेनको खोजतलासबाट जोगाउन जमिन मुनी गाईवस्तुको भकारे मुनी राख्दा काम नलाग्ने गरी बिग्रेको जानकारी सल्यानको गाविस का विनम बहादुर नगरकोटी ले बतउनु भयो । उहँको भनाई अनुसार माआवादी शान्तीप्रकि्रयामा आएपष्श्चात अहिले गँउको धेरैले काठे बन्दुक बनाएका छन् । न्यनतम एक हजार रुपैयाँ सम्ममा बन्दुक बनाइदिने गरेको सल्यानटार गाविसका एक बन्दुक निर्माणकर्ताले बताउनुभयो । यस्ता बन्दुक प्राय चरचुरुङ्गी को शिकार का लागी प्रयोग र्ने गरेको मुलपानी गाविस का प्रकाश थापा मगर बताउनुहन्छ ।

विद्यार्थीहरु गाईड र गेसपेपरमा निर्भर

स्पार्धा चन्द
काठमाण्डौ मंसिर १४
: अहिलेको वर्तमान स्थीनिमा बिद्यालय तह देखी विश्वविद्यालय तह सम्मका विद्यर्थीहरु पाठ्यक्र मेलिक उत्तर भनदा पनि परिक्षमा गाईड र गेसपेपरमा र्भिर हुन थालेका छन । गाईड र गेस पेपरको भरमा पर्ने अधिकांस विद्यार्थीहरुको परिक्षामा नकरात्मक नतिजा निक्लिने गरेको छ । यसले गर्दा बिद्यर्थीहरुको सिर्जनात्मक एंवम मौलिक उत्तर मा पनि ह्रा आएको छ । विद्यर्थीहरुको गाइड र गेसपेपरमा र्भिर पर्ने कि्रयाकलापले गर्द खेशको शिक्ष प्रणलीमा समेत यसले असर गरेको छ ।
कति बिद्यर्थीहरु त पाड्यपुस्तक नकिनी गाईड र गुपेपर मात्र किन्ने गरेका छन । के एण्ड के कलेज नयाँवानेश्वर मा पढाउनुहुने वज्ञान शर्मा भन्नुहुन्छ धेरै बिद्यार्थीहरु किताब विना नै कलेज आउछन र उनीहरु नेाट्स र गाईड गेसपेपरको भरमा परिक्षामा सामेल हुनछन् । कामन इन्टरनेशनल कलेज बनस्थलीमा अध्यनरत धमेन्द्र थापा आँफुले आधा विषको किताब र आधाको गाईड गेसपेपर किनेको बताउनु हुन्छ । गाईड र गेसपेपर माथीको नकरात्मक प्रभावले गर्दा विद्यार्थीहरुमा पाठ्यपुस्तक पढ्ने बानी हट्न लागीसकेको छ । सरोकारवालहरुले यस सम्बन्धी बेलैमा सचेत नहुने हो भने देशको शैक्ष्कि प्रणाली नराम्ररी खाडलमा जाकिन सक्ने कसेको दुईमत नहोला ।

संधीयताको विरोधमा उपत्यका बन्द ।


सुजन श्रेष्ठ
धादिङ्ग मंसिर ९:
यो समाचार २०६६ साल पौक्ष २७ गते नागरिक दैनिकी को तेष्रेा पृष्ठ मा छापिएको हो । राष्ट्रिय जनमोर्चाले गरेको उपत्यका बन्दको बारेमा फोटो सहित छापिएको ये समाचार सरल भाषमा छ । सधैजसो बन्द हडताल आन्दोलन आदी बाट ग्रसित भएको नेपालको गालागी यो कुनै नौलो विषय होइन तर पनि विकासशिल राष्ट्रको संाचार माध्यमहरुको लागी राजनिती नै एक प्रमुख विषय भएको कारण नागरिक दैनिक ले पनि यसलाई प्राथमिकताको साथ प्रकाहित गरेको छ । देशले गणतन्त्र मा पाईल टेकेपछी यसलाई संघियतामा ढल्ने अन्तिम तयारी गरिरहदा राष्ट्रिय जनमोर्चाले भने यसको बिरोधमा राष्ट्रव्यापी आन्दोलनको घोषण गरेको छ । उनीहरुले संघियतले देश टुकि्रने धारण व्यक्त गरेका छन् । राजमो का अध्यक्ष चित्रबहादुर के।सी को भनाई समेत उल्लेख गरी प्रकाशित यस समाचर तथ्यपुर्ण छ । यो समाचर पत्रकािता अधार संहिता भित्र रही प्रकाशित गरिएको छ ।

भारी बोकेर पढन बाध्य


सुजन श्रेष्ठ
धादिङ्ग मंसिर ७:
सल्यानटार गाविसका अधिकाँश कुमाल समुदायका विद्यर्थी भारी बोक्न बाध्य छन । आर्थिक अवस्था कमजोर भएको कारण दैनिक गुजार को लागी अभिभावक लाइ सहयोग गर्न र आफ्नो कितवा कपीको खर्च जोह गर्न अनीहरु भारी बोक्न वाध्य भएका छन ।
एकाविहनै नजिकैको अरुघाट बजार र विशालनगरमा आई उनीहरु ारी बोक्ने गर्दछन र नै बजे नै स्कुल जानका लागी घरतिर फर्कनछन । किताव कापी समाएर पढन बस्ने समयमा नाम्लो बोकेर भारी बोक्न जानुपर्ने उनीहरुको दैनिक दिनचर्या नै भइसकेको छ । बिहनभरी घरैमा बसेर पढ्ने रहर हुँदाहुँदै पनि किताव कापीको लागी खर्च उठाउन भारी बोक्ने गरेको सल्यानटार ८ सानोगाँउका राजेन्द्र कुमाल बतउछन् । उनी हाल कमलादेवी नि।मा।बि। मा कक्षा ६ मा अध्ययन्रत छन् । उनीहरुले बिहाभरी भारी बोकेर दिनको ५० रुपैया स्म्म कमाउने गरेको सल्यानटार -७ माझगाँउका तिलक कुमाल बताउछन । घरको कम्जोर आर्थिक अवस्था र भारी बोकेर घर फर्की स्कुल जान नभ्याएनाले कतिपय विद्यार्थीहरुले विद्यालय पनि जान छाडिसकेका छन् । बिद्यालय जान छाडी सकेकाहरु भने दभरी पनि भारी बोक्ने काम गर्छन । उनीहरु चाउचाउ बिस्कुट चामल चिउरा चिनी आदी खाधन्न बोक्ने काम गर्दछन ।