त्रिपुरासुन्दरी माईको पननिर्माण हुने
सुजन श्रेष्ठ
धदिङ्ग पुष ९: राष्ट्रियस्तरमा नै धार्मिक सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको धादिङ्ग जिल्लाको सल्यानकोट गाँउ विकास समितिमा रहेको त्रिपुरासुन्दरी माईको तल्लोकोटमा रहेको मन्दिरको पुननिर्माण गरिने भएको छ ।
पृथ्वीनारायण शाहको एकिकरणको विषयमा समेत िवंवदन्ती जोडेको त्रिपुरासुन्दरी मईको मथिल्लोकाट मन्दिर देखि कबि ४०० मिटर पर रहेको तल्लोकोट मन्दिर जिर्ण हुँदै गएपछी पुननिर्माणको लागी पहल सुरु भएको हो । मन्दिर पुननिर्माण गर्न दर्खा गा।वि।स। वडा नं। ७ का कृष्ण सिम्खडा र केशव सिम्खडाले व्यक्तिगत रुपमा करिब ३० लाख रुपैयाँ आर्थिक सहयोग गर्नुहुने भएको छ । जिल्ला भित्र मात्र नभई जिल्ला बाहिर समेत उक्त मन्दिरको जीर्ण भएको भवन प्यागोडा शैलिमा निर्माण गर्नका लागी पुराक्तव विभाग काठमाण्डौका इन्जिनियर ध्रुव अधिकारी र लिपिविज्ञ उत्तम खनालको पनि सहभागिता रहने बताइएको छ । मन्दिरको नयाँ भवन निर्माण गर्ने विषयमाछलफल गर्न आयोजित भेलामा इन्जिनियर ध्रुव अधिकारीले नयाँ भवन निर्माणका क्रममा मन्दिरमा पुजा गर्ने पुरानो संरचनालाई यथावत राखिने बताउनुभएको छ । पुननिर्माणले गर्दा धार्मिक एंव ऐतिहासिक धरोहरको रक्षा र भत्तजनहरुले पनि सुविधा पाउने मन्दिरका पुजारी गोपाल खड्काले बताउनु भएको छ ।
भेलामा नेकपा एमाले धादिङ्ग जिल्ला कमिटी सदस्य रामहरी अधिकारी स्थानिय समाजसेवी राम प्रसाद सडौला का साथै स्थानिय बुद्धिजिवी समाजसेवीहरुको सहभागिता रहेको थियो । यसैविच सल्यानकोट प्राथमिक विद्यालय देखि त्रिपुरासुन्दरी माईको मन्दिरसम्मको चार किलोमिटर बाटो समाजसेवी कृष्ण सिम्खडा ले ८० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउनु भएको छ ।