सुजन श्रेष्ठ
धदिङ्ग भदौ १०: विश्व जनतको अर्थतन्त्रलाई अर्थिक मन्दीले असर पारीरहेको अवस्थामा काठमाण्डौ उपत्यका मा ठेलागाडा मार्फत मम ससेज आदीको व्यापार गर्ने व्यपारीको भने व्यवसाय फस्टाउदो छ ।
आनकल उपत्यका को सडकपेटी जहीतही देख्न सकिने यस्ता व्इवसाय लेउपभोत्ताहरुको मन जितीरहेका छन्। यस व्यवसायले गर्दा धेरैलाई राजगारी को अवस्था पनि सिर्जना गरिदिएको छ र वानेश्वर कात्ययनी चोकमा यही व्यवसाय संचालन गरिहेका नविनकाजी राई भन्नुहुन्छ दिनभरी यत्तिकै घुमिरहनु पथ्र्यो अहिले यो काम गर्न थाले पछि टाइमपास पनि भएको छ अलि अलि आम्दानी पनि भएको छ । वहाँ ले यो व्यवसाय संचालनको लागि २ जना कामदार रखेको बताउनु भयो । ठेलागाडा को मम ससेज मिठो पनि हुने र सस्तो पनि हुने भएकोले प्राय इस्तै मम ससेज खाने गरेको तिनकुनेका राजिव चौधरी ले बताउनु भयो ।
सिक्काको दुई पाटा भने जस्तै कुनै पनि कुराको सकरात्मक र नकरात्मक विशेषता हुन्छ । यो ठेलागाडा व्यवसायले सकारात्मक मात्र हैन नकारात्मक असर पनि पारेको छ । जताततै सडक पेटीमा ठेलागाडा राख्नले पैदल यात्रुहरुलाई असुविधा भएको छ । मम ससेज खाई पेपर प्लेट टपरी आदी जताभावी फाल्नाले वातावरणलाई समेत प्रदुषित पारेकोछ । धुवा धुलो प्रदुषण जस्ता कुराले खानेकुरालाई प्रत्यक्ष प्रभाव पार्ने हुँदा उपभात्ताको स्वास्थ्यलाई पक्कै पनि यस्ता खानेकुराले असर पारीरहेको हुन्छ ।