Search This Blog

अरुघाट बजार हुँदै अबैध जडिबुट्टीको निकासी

सुजन श्रेष्ठ
धादिङ्ग साउन २:
धादिङ्ग र गोरखा जिल्लाको एक प्रमुख व्यापारीक केन्द्र अरुघाट बजार हँुदै अबैध जडिबुट्टी को काठमाण्डौ जिल्लाहरुमा चोरी निकासी हुने गरेको पाइएको छ ।
यासा्रगुम्बा पाँचऔले चिराइतो जटामसी कुरिलो जस्ता जडिबुट्टी हरु आरुघाट बजारको नाका हुदै राजधनी र तराईका चितवन पसा्र । रुपन्देही आदी जिल्लाहरुमा निकासी हुने गरेको छ । यस्ता जडिबुट्टीहरु विशेष गरी गोरखा जिल्लको दर्गम उत्तरी भेग बाट ल्यउने गरेको । छेकम्पार सामागाँउ करौजा । सिर्दिबास जगत उइया आदी ठाँउबाट नाका हुँदै ािश्चित गन्तव्यमा पुर् याउने तथ्य बाहिर आएको यस्ता अबैध काममा लाग्नेहरु प्राय ती दुर्गम गाँउका मानिसहरु नै रहेको आरुघाट विशालनगर निवासी जडिबुट्टी व्यवसाय मा संलग्न बल ब। गरुङ्ग बताउनु हुन्छ । उनीहरु काठमाण्डौ जाने बहाना मा अरुघाट बसी यहीबाट जडिबुट्टी निकास गर्ने गर्छन । आरुचनौटे इलाका प्रहरी कार्यालय आरुघाट का इन्चार्ज प्रहरी निरिक्षक दिपक दाहाल भने यो कुरामा सहमत हुनुहुन्न । आफुमा अहिले सम्म यस्तो खबर नआएको बताउनुभयोर तर विशालनगर का एक युवाले भने यस्ता अबैध कामगर्ने लाई भने केही स्थानिय बासी र पुलिस प्रशासनले समेत सहयोग गर्ने गरेको खुलासा गर्नुभयो ।
आरुघाट बजार कै नाका हुदै प्रतिबन्धित हुचिल चराको पनि विशेष गरी काठमाण्डौ मा निर्यात हुने गरेको छ । यस सम्बन्धि पनि सुरक्षा निकाय मौन रहेको छ ।