भारी बोकेर पढन बाध्य
सुजन श्रेष्ठ
धादिङ्ग मंसिर ७: सल्यानटार गाविसका अधिकाँश कुमाल समुदायका विद्यर्थी भारी बोक्न बाध्य छन । आर्थिक अवस्था कमजोर भएको कारण दैनिक गुजार को लागी अभिभावक लाइ सहयोग गर्न र आफ्नो कितवा कपीको खर्च जोह गर्न अनीहरु भारी बोक्न वाध्य भएका छन ।
एकाविहनै नजिकैको अरुघाट बजार र विशालनगरमा आई उनीहरु ारी बोक्ने गर्दछन र नै बजे नै स्कुल जानका लागी घरतिर फर्कनछन । किताव कापी समाएर पढन बस्ने समयमा नाम्लो बोकेर भारी बोक्न जानुपर्ने उनीहरुको दैनिक दिनचर्या नै भइसकेको छ । बिहनभरी घरैमा बसेर पढ्ने रहर हुँदाहुँदै पनि किताव कापीको लागी खर्च उठाउन भारी बोक्ने गरेको सल्यानटार ८ सानोगाँउका राजेन्द्र कुमाल बतउछन् । उनी हाल कमलादेवी नि।मा।बि। मा कक्षा ६ मा अध्ययन्रत छन् । उनीहरुले बिहाभरी भारी बोकेर दिनको ५० रुपैया स्म्म कमाउने गरेको सल्यानटार -७ माझगाँउका तिलक कुमाल बताउछन । घरको कम्जोर आर्थिक अवस्था र भारी बोकेर घर फर्की स्कुल जान नभ्याएनाले कतिपय विद्यार्थीहरुले विद्यालय पनि जान छाडिसकेका छन् । बिद्यालय जान छाडी सकेकाहरु भने दभरी पनि भारी बोक्ने काम गर्छन । उनीहरु चाउचाउ बिस्कुट चामल चिउरा चिनी आदी खाधन्न बोक्ने काम गर्दछन ।