सुजन श्रेष्ठ
धादिङ्गः मंसिर २५
माओवादीले जनमुक्ति सेनाको नवौ स्थापना दिवस अगामी फागुन १गते काठमाण्डौ मा मनाउने योजना वनाएको छ। तर आधिकारिक निर्णय भने हुन बाँकी छ । प्रप्त जानकारी अनुसार हालसम्म को अवस्थामा काठमाण्डौ मा नै मनाउने पक्कापक्की भएको छ ।
जनयुद्धको १५ औ वार्षिकोत्सव र नवौ जनमुक्ति सेना दिवस मनउन प्रारम्भिक तयारी समेत भइसकेको जनकारी प्राप्त भएको छ । सतवटा प्रमुख र २१ वटा सहायक शिविरमा बस्दै आएका १९ हजार ६ सय दुई लडाकाुको अगाुवाले वार्षिकोत्सवमा परेड खेल्ने छन । एक कमान्डरका अनुसार गत वर्ष भन्दा व्यवस्थित रुपमा जनसेना दिवस मनाने कार्यक्रम रहेको छ । जनमुक्ति सेना मुख्यालयका अनुसार यो वर्षको वार्षिकोत्वस मनोराजनात्मक ढङ्गवाट भनाइने छ । विभिन्न किसिमका खेलकुद र कला प्रदर्शन गरी वार्षिकोत्सव मनाउने छ । नजमुक्ति सेनाका प्रमुख नन्द किशोर पुनले उक कार्यक्रममा बताए अनुसार संम्भव भएसम्म काठमाण्डौको दशरथ रङ्गशालमा वार्षिकोत्सव मनउने तयारी हुदैछ ।